फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६, महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सारांश भट्टराई हुन् ।
बरामद सामग्रीमा ड्रोन, तीनवटा क्यामेरा, ५ क्यामेरा, ब्याट्री, मेमोरी कार्ड, रिफ्लेक्टर, माइक, पावर बैंक, चार्जर,ल्यापटप लगायतका सामाना रहेको प्रहरीले जनाएको छ ।
विराटनगरमा भव्य फेसन सोको आयोजना गर्ने भन्दै फोटो खिच्नका लागि सामग्रीहरु मगाउन लगाइ उनीहरुले कास्की पोखरा महानगरपालिका–२०, मलामस्थित योर डिजिटल फोटो गुड्स सेन्टरका सञ्चालक २८ वर्षीय विमल कार्कीलाई ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
मोरङका एसपी सन्तोष खड्काका अनुसार नियोजित ढंगले झापाका युवक ढकालले व्यवसायी कार्कीसँग फोनमार्फत सम्पर्क गरेर २४ पुसमा पेस्की स्वरुप ई–सेवाबाट चार हजार रुपैयाँ पठाएका थिए ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved