'पुलिस' को कुटपिट गरि हत्या गर्ने काकाभतिज पक्राउ

alt
  • पुस ९, २०७७
  • अपराध न्यूज

कुटपिट गरी हत्या गरेकोमा आरोपमा प्रहरीले काका भतिजलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेका छन्। झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय 'पुलिस' उपनामले चिनिने परशुराम गौतमको हत्या आरोपमा सोही ठाउँ बस्ने ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय 'भयंकर' भनिने भुखन किसानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए।

आरोपित दुवै नाताले काका–भतिज हुन्। उनीहरूलाई बिहीबार इलाका प्रहरी कार्यालय धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्। प्रहरीका अनुसार गत पुस ३ गते बिहान साढे ७ बजे टाउको फुटेर अनुहारभरि रगत भएको अवस्थामा गौतम मृत फेला परेका थिए। 

घटनापश्चात् प्रहरीले अनुसन्धानका लागि सोही दिन संघीय प्रहरी इकाइ प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाएका थिए। त्यसपछि घटना शंकास्पद देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको डिएसपी पोखरेलले बताए।

अनुसन्धान क्रममा पुस २ गते साँझ गौतमको घरमा काका–भतिज पुगेका र उनीहरूले रातभर मादक पदार्थ सेवन गरी फरार भएका थिए। दुवै जनाको खोजतलास गर्दा पुस ७ गते बुधलाललाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको डिएसपी पोखरेलले बताए।

दुवै पक्षबीच विवाद भएको र भुखनले गौतमलाई कुटपिट गरी मारेको बुधलालकै बयानका आधारमा बताएका थिए। यता पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा झापा जिल्ला अदालतबाट सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ।

सम्बन्धित समाचारहरु

१३ वर्षदेखि फरार अभि ...

लागुपदार्थ कारोबारसम्बन्धी मुद्दामा १३ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन्। गाँजासम्बन्धी मुद ...

करणीको पोल खोल्ने डर ...

१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रल ...

फेसन सो गर्ने भन्दै ...

फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकल ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved