नाकामा प्रहरीले थाल्यो ‘सर्च एन्ड सिजर’ अप्रेसन

alt
  • पुस ९, २०७७
  • अपराध न्यूज

झापाको पूर्वीनाका काँकडभिट्टामा  लागुऔषध कारोबार बढेपछि प्रहरीले ‘सर्च एन्ड सिजर’ अप्रेसन चलाएको छ । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले अभियान चलाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

‘लागुऔषध कारोबार एकदम धेरै मौलायो । प्रयोगकर्तालाई मात्र पक्राउ गरेर केही हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने, ‘अब कारोबारीलाई नै पक्राउ गर्नुपर्छ भन्ने उद्देश्यले सर्च एन्ड सिजर अप्रेसन चलाएका हौँ ।’ 

सोही क्रममा अघिल्लो आइतबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले २८ ग्राम ब्राउनसुगरसहित लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको थियो । घरमै कारोबार चलाउँदै आएका मेचीनगर–७ का २९ वर्षीय सीताराम आङदेम्बे र उनकी श्रीमती २२ वर्षीय मनीषा मगर आङ्देम्बेलाई प्रहरीले पक्रेको हो । उनीहरूले लागुऔषधको ‘डिलर’ चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

प्रहरीले उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर र लागुऔषध बिक्री गरेर जम्मा गरेको एक लाख ३३ हजार नगद बरामद गरेको डिएसपी पोखरेलले जानकारी दिए । यस्तै, उनीहरूसँग लागुऔषध खरिद गर्न आएका धरान–५ का २४ वर्षीय कल्याण राई र धरान– १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई पक्राउ गरेको छ ।

कल्याणको साथबाट ५ र रिजनको साथबाट १० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा उनीहरूको प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको हो । 

पछिल्लो समय पूर्वीनाकाबाट ब्राउनसुगर धेरै बरामद हुने गरेको पोखरेलले बताए । यो नाकामा लागुऔषध ओसारपसारमा झापासँगै मोरङ र सुनसरीका युवाहरू बढी सक्रिय रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचारहरु

प्रहरी हवलदार चण्डीम ...

जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई पुस महिनाको उत्कृष्ट प्रहरी ...

प्रेमिकालाई गोली हान ...

१० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपान ...

नक्कली कम्पनी देखाएर ...

चैनपुर नगरपालिकाका किसानहरुसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। नक्कली कम ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved