प्रहरीका अनुसार वीरबहादुर राजवंशी दम्पतीले सोही ठाउँका जगत राजवंशीको खेत लिजमा तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए। फार्ममा शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पुर्याउन भनी घरबाट हिँडेकी दिनो राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा उनको शव घरदेखि ३०० मिटर पश्चिम मोहन मगरको खेतमा भेटिएको प्रहरीले जनाएको छ।