मिक्लाजुङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा बेस

alt फायल तस्विर
  • मंसिर २९, २०७७
  • अपराध न्यूज

विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना भएको छ ।

मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भए लगतै मिक्लाजुङ-१ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखेको हो ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ सशस्त्र र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली खटिएको छ । आपतकालीन अवस्थामा परिचालन गर्न मिल्ने गरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा छ । दुवै टोलीले विप्लव समूहविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन चलाएको छ ।

विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई आफ्नै नियन्त्रणमा राखेर घाँटी रेट्दै गत मंगलबार बिहान विभत्स हत्या गरेको थियो । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्र र छिमेकी जिल्लामा पनि सर्च अप्रेशन चलाएको थियो ।

वेसमा खटिएका सुरक्षाकर्मीले गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।

स्थानीय बासिन्दाले मिक्लाजुङ आसपासका क्षेत्रमा लामो समयदेखि नेपाल र सशस्त्र प्रहरीको स्थायी पोस्टको माग गर्दै आएका थिए ।

स्थायी सुरक्षा पोष्टका लागि गृह मन्त्रालयमा लिखित पत्र पठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘गत मंगलबार नै जिल्ला सुरक्षा समितिले एउटा बेस क्याम्प स्थापनाका लागि लेखिपठाएका छौं ।’ उनले भने ‘ अहिले संयुक्त टोली परिचालन भएकेा छ ।’

सम्बन्धित समाचारहरु

प्रहरी हवलदार चण्डीम ...

जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई पुस महिनाको उत्कृष्ट प्रहरी ...

प्रेमिकालाई गोली हान ...

१० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपान ...

नक्कली कम्पनी देखाएर ...

चैनपुर नगरपालिकाका किसानहरुसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। नक्कली कम ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved