हत्या गरेपछि अपहरणको नाटक, मृतककै नम्बरबाट फिरौती माग

alt
  • मंसिर १५, २०७७
  • अपराध न्यूज

मसिंर १० गते सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस्त थिए । बेलुका करिब ५ बजे घरदेखि नजिकैको पसलमा चिसो स्प्राईट खान निस्केका सुजन र छिमेकी २० वर्षीय सुमन झासँग जम्काभेट हुन्छ । केही बेर पब्जी खेलको विषयमा एकअर्काे बिच कुरा हुन्छ । त्यही क्रममा सुमनले एक महिना अघि दुहबीकै सखुवाटोकीको झुलुङगे पुल उद्घाटनको क्रममा आफूलाई जिस्काएको कुरा निकाल्छन् ।

तर सुजनले साथीभाइ बिच सामान्य मजाक गरेको जवाफ दिन्छन् । तर सुमनले भने त्यो दिन देखिनै साथीभाइको बिच कपडाको विषयमा खिल्ली उडाएको भनेर बदला लिने सोच बनाएका हुन्छन् । स्प्राईट पिएर सुमनले सुजनलाई दुहबी बजार घुम्न जाँउ भन्छन् । बजार घुमेर फर्किएका दुवै जना घर देखी केही मिटर कोसी राजमार्गसँग जोडिएको सुभ लक्ष्मी खाद्य उघोग पछाडि पुग्छन् । सुमनले बदला लिने सोचका साथ सुजनलाई उघोग छेउको घारीमा करिब ८ बजेतिर पुराउँछन् । बाटोमै पब्जी खेलौँ भनेर सुमनले उनलाई अल्झाउँछन् ।  त्यही क्रममा सुमनले पछाडिबाट घाटी दबाउँछन् ।

सुजनले पनि प्रतिकार गर्छन् । प्रतिकार गर्दा सुमनको कोखामा लात्ती लागेपछि थप अबेगमा आएका सुमनले हातैले उनको गला दबाएर हत्या गर्छन् ।

मृतक सुजनले एक महिना अघि जिस्काएको घटनापछि पनि क्रमशः बिचमा पटक पटक आफूलाई होच्याएर जिस्काउने गरेको र त्यसको बदला लिन आफूले १० गते अबेगमा आएर हत्या गरेको सुमनले प्रहरी समक्ष बयान दिएका छन् । घटना अनुसन्धानमा खटिएका प्रहरीलाई सुमनले बयान दिँदै भनेका छन् ‘मलाई सुजनले तेरो कपडा राम्रो छैन, चप्पलमा मात्र हिड्छन ! तँसँग मलाई सङ्गत गर्नु छैन’ । भनेर पटक पटक गाली गर्थ्यो । गाउँमा पनि मलाई खाते भनेर अपमान गर्दथ्यो ।

सुमनले थप्दै भने ‘भाइ हो भनेर मैले धेरै पटक सहे ।’ तर मसिंर १० गते उसले मलाई फेरी अपमान गरेर बोलेपछि एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ । त्यो बेला मलाई अति धेरै रिस उठेको थियो ।

यता ५ बजे घर बाट हिँडेको सुजन घर नफर्किएपछि उनको घरपरिवारमा चिन्ता बढेको थियो । घटना हुनु अघि सुजनले घर फर्किँदै गरेको आमालाई फोनमा भनेका थिए । तर ८ बजेपछि सुमनको मोबाइल एक्कासि अफ भएको थियो । तर मोबाइल अफ भएको केही घण्टापछि सुमनको मोबाइल अन भएको थियो । 

त्यो समय आमाले फोन गर्दा सुमनले उठाएर ‘तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ’ भनेर जवाफ दिन्छन् । घटना अनुसन्धानमा आफै खटिएका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार सुजनको हत्यापछि सुमनले उनको सिम आफ्नो मोबाइलमा हालेका थिए ।

Hatya 2 1 सिम हालेपछि उनले मृतक सुजनको आमाको नम्बरमा म्यासेज पनि पठाएका थिए । हत्यापछि सुमन अत्तालिएको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक थापा भन्छन् ‘हत्या पश्चात् सुमन घर पुगेर भोलि पल्ट बिहानै फेरी शव भएको ठाउँमा आएको देखिन्छ ।’ ११ गते बिहान करिब ४ बजे उनले हत्या भएको ठाउँबाट सुजनको शव केही मिटर भित्र लुकाउँछन् ।

छोरा नआएपछि बुवा सुरेन्द्र नारायण चौधरीले ११ गते इलाका प्रहरी कार्यालय दुहबीमा खोजतलासको लागि हुलिया सहितको निवेदन दिन्छन् । फोनमा अपहरणको धम्की दिएको विषयमा समेत जानकारी गराउँछन् ।

लगतै घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय दुहबी, १ नम्बर प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम रिट र सङ्घीय प्रहरी इकाई कार्यालय धरानको टिम एकजुट हुन्छ ।  घटना भएको रातको सुजनले बोक्ने फोन र म्यासेजको सिडिआर निकालिन्छ । त्यसमा मृतक सुजनको सिम अर्कोको मोबाइलमा हालेर कुरा भएको भेटिन्छ । अनुसन्धानको क्रममा सुजनको सिम सुमन झाको नाममा रहेको मोबाइलमा हालेको रेकर्ड भेटिन्छ ।

अनुसन्धान टोलीले तत्कालै सुमनलाई १३ गते साँझ पक्राउ गर्छ । सुमनको साथमा सुजनले बोक्ने ट्याब समेत बरामद हुन्छ । अनुसन्धानको क्रममा सुमनले हत्या स्वीकार गर्छन् र शव लुकाएको ठाउँ प्रहरीलाई जानकारी दिन्छन् । अनुसन्धान टोलीले सोमबार बिहान शव बरामद गरेको थियो ।

सम्बन्धित समाचारहरु

प्रहरी हवलदार चण्डीम ...

जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई पुस महिनाको उत्कृष्ट प्रहरी ...

प्रेमिकालाई गोली हान ...

१० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपान ...

नक्कली कम्पनी देखाएर ...

चैनपुर नगरपालिकाका किसानहरुसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। नक्कली कम ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved