सङ्खुवासभामा एम्बुलेन्स तोडफोड

alt
  • मंसिर ४, २०७७
  • अपराध न्यूज

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प्राथमिक स्वास्थ्य चौकीको को१झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड भएको स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेब सुन्दर श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार तोडफोडबाट एम्बुलेन्सको अगाडि भागको सिसा फुट्नुका साथै विभिन्न भागमा क्षति पुगेको बताए। अज्ञात समूहले वाना स्वास्थ्य चौकीको मुलगेट समेत तोडफोड गरेको निमित्त प्रमुख श्रेष्ठले बताए। एम्बुलेन्स तोडफोड भएपछि चल्न नसक्ने अवस्थमा पुगेको छ। 

उक्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले दुई वर्षअघि संघीय सांसद राजेन्द्र गौतमको सांसद विकास कोषको रकमबाट खरिद गरेको थियो। एम्बुलेन्स तोडफोड भएपछि बिरामी ओसारपसार समस्या भएको स्थानीयले बताए।

पाँचखपन नगरपालिकामा एक मात्रै एम्बुलेन्स थियो। एम्बुलेन्स तोडफोडमा संम्लग्नको खोजी कार्यका लागि प्रहरी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

सम्बन्धित समाचारहरु

प्रहरी हवलदार चण्डीम ...

जिल्ला प्रहरी कार्यालाय सोलुखुम्बुमा कार्यरत प्रहरी हवलदार चण्डीमान राई पुस महिनाको उत्कृष्ट प्रहरी ...

प्रेमिकालाई गोली हान ...

१० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपान ...

नक्कली कम्पनी देखाएर ...

चैनपुर नगरपालिकाका किसानहरुसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। नक्कली कम ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved